Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


रेशम चौधरीले उम्मेदवारी खारेजीविरूद्ध गरे सर्वोच्चमा रिट दायर


286
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशम चौधरीले उम्मेदवारी खारेजीको विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएकाे छ ।

उहाँले शुक्रबार सर्वोच्चमा रिट दायर गर्नुभएकाे हाे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयनपत्र दर्ता गरेका उहाँकाे निर्वाचन आयोगले बिहीबार उम्मेदवारी खारेज गरेकाे थियाे ।

सोही रिटको यहि माघ ११ गतेका लागि सर्वोच्चले पेशी तोकिएको छ ।