Logo ६ माघ २०८२, मंगलबार | Tue Jan 20 2026


धनुषा- ३ बाट जुलीकुमारी महतोकाे उम्मेदवारी दर्ता


208
Shares

जनकपुर ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३मा नेकपा एमालेबाट जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

एमालेका नेता कार्यकर्ताका साथै बाजागाजा सहित पुगेकी महतोले धनुषा ३बाट उम्मेदवारी दर्ता गराउनु भएको हो ।

एमालेले मुलुक भरी चलाएको समृद्धि तथा विकासको अभियान पूरा गर्न बाँकी रहेकैले आफूहरु चुनावमा होमिएको उम्मेदवारी दर्तापछि महतोले बताउनुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपाली अभियान पूरा गर्नकालागि एमालेलाई बहुमतको सरकार बनाउने गरी मतदान गर्न आग्रह समेत गर्नुभयो ।

एमाले नेतृ महतो पछिल्लो निर्वाचनमा समेत यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । उहाँले तत्कालिन लोसपा पार्टीका उम्मेदवार अनिलकुमार झालाई पराजित गर्दै प्रतिनिधिसभामा पुगेकी थिइन् । जुलीलाई यो निर्वाचनमा कडा टक्कर दिनकालागि कांग्रेसको तर्फबाट कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले समेत उम्मेदवारी दिन लागेका छन् ।