शंकर बरुवाल
रामेछाप । नेपाली कांग्रेसले रामेछापमा पूर्वराज्य मन्त्री पूर्ण बहादुर तामाङलाई उम्मेदवार बनाउने सम्भावना रहेको छ ।
कांग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीका अनुसार टिकट हातमै नपरे पनि तामाङको सम्भावना बढी रहेको बताउनुभयो ।
तामाङ नेपाली कांग्रेस रामेछापको सभापति हुन् भने निवर्तमान प्रतिनिधि सभाका सदस्य हुन् । उनले नेपाली कांग्रेस र तत्कालिन माओवादी केन्द्रको गठबन्धन हुँदा एमाले नेता कैलाश प्रसाद ढुङ्गेलाई १६ हजार ३६९ को फराकिलो मतान्तरले पराजित गरेका थिए ।
तामाङ नेपाली काग्रेस र एमालेको गठबन्धन सरकारमा उर्जा तथा जलस्रोत राज्यमन्त्री बनेका थिए ।





प्रतिक्रिया दिनुहोस्