Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


तोकिएकाे मितिमै आगामी निर्वाचन हुने सरकारकाे दावी

निर्वाचन गराउने दायित्व सबै सरोकारवाला निकायको भएको तर्क

260
Shares

काठमाडाैं । अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधि सभा सदस्य निर्वाचन हुने दावी गरेकाे छ ।

सिंहदरबारमा शुक्रबार बसेकाे मन्त्रीपरिषदकाे बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो दावी गर्नुभएको हो । उहाँले आगामी फागुन २१ गते निर्वाचनको मिति तोकिसकिएकाले मिति तलमाथि नहुने बताउनुभयो । सरकार निर्वाचन गराउन गम्भीताका साथ लागेको बताउनुभएकाे छ।

उहाँले भन्नुभयो,-‘फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ । त्यो भन्दा यताउति हुँदैन । बाँकी निर्वाचन गराउने दायित्व सरकार र सरोकारवाला निकायको सबै हो । निर्वाचन आयोगको निर्णय हामी पर्खिनेछौं।’ मन्त्री खरेलले निर्वाचन गराउने दायित्व सरकारको मात्रै नभइ सबै सरोकारवाला निकायको भएको बताउनुभयो ।