एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानको वर्तमान परिस्थितिकाे बारेम टिप्पणी गर्दै अमेरिका सहयोग गर्न तयार रहेको बताउनुभएको छ।
राष्ट्रपति ट्रम्पले इरान स्वतन्त्रताको खोजीमा रहेको दावी गर्दै मध्यपूर्वको उक्त राष्ट्रलाई पुनः चेतावनी दिनुभएकाे हाे । इरान सम्भवतः पहिले कहिल्यै नभएको जसरी स्वतन्त्रताको खोजीमा रहेको उहाँले बताउनुभयो । संयुक्त राज्य अमेरिका सहयोग गर्न तयार रहेको बताउनुभएकाे छ। राष्ट्रपति ट्रम्प र अन्य वरिष्ठ अमेरिकी अधिकारीहरूले यदि इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या गरेमा वासिङ्टनले कडा कदम चाल्ने चेतावनी पटक-पटक दिँदै आएका हुन् ।
राष्ट्रपति ट्रम्पले आफूहरूले परिस्थितिलाई नजिकबाट नियालिरहेको र विगतमा जस्तै दमन भएमा अमेरिका चुप लागेर नबस्ने स्पष्ट पार्नुभएकाे छ । मन्त्रालयले अमेरिकी भनाइहरूले इरानी जनताप्रति वासिङ्टनको निरन्तर शत्रुता झल्काएको जनाएकाे हाे। इरानी मुद्रा रियालको मूल्यमा आएको तीब्र गिरावट र लामो समयदेखिको आर्थिक कठिनाइलाई लिएर गत डिसेम्बरको अन्त्यदेखि इरानका विभिन्न शहरहरूमा विरोध प्रदर्शनहरू भइरहेका छन् ।
इरानी अधिकारीहरूले प्रदर्शनलाई स्वीकार गर्दै जनताका आर्थिक गुनासाहरू सम्बोधन गर्ने इच्छा व्यक्त गरेका हुन् । तर हिंसा र तोड्फोड नगर्न उनीहरुले चेतावनी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्