एजेन्सी। जेरुसेलममा मंगलबार अनिवार्य सैन्य सेवाको विरोधमा आयोजित विशाल प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएकाे छ ।
इजरायलको आपत्कालीन सेवाकाअनुसार प्रदर्शनकारीहरूको भीडमा बस दुर्घटना हुँदा अन्य ३ जना घाइते भएका हुन् । यो घटना अल्ट्रा–अर्थोडक्स समुदायका करिव १५ हजार पुरुषहरू सहभागी र्यालीका क्रममा भएको हो । उनीहरूले धार्मिक विद्यार्थीहरूलाई सैन्य सेवाबाट छुट दिने लामो समयदेखिको व्यवस्था कायम राख्नुपर्ने माग गर्दै प्रश्तावित नयाँ कानूनको विरोध गरिरहेका थिए । म्यागेन डेभिड एडोम आपतकालीन सेवाकाअनुसार १८ वर्षीय किशोरको शव बसमुनि फेला परेको थियो ।
घाइते भएका अन्य ३ जनालाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ । इजरायलको सरकारी टेलिभिजन ‘कान’ का अनुसार प्रहरीले बस चालकलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हाे । साेही घटनाले इजरायलमा जारी राजनीतिक र सामाजिक तनावलाई थप उजागर गरेको छ ।





प्रतिक्रिया दिनुहोस्