Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


कोलम्बियाका राष्ट्रपति पेट्रोलाई पदबाटै हटाउने राष्ट्रपति ट्रम्पको चेतावनी

कोलम्बियामा सैन्य कारबाही गर्ने ट्रम्पकाे संकेत

3k
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई पदबाटै हटाउने चेतावनी दिँदै सैन्य कारबाहीको चेतावनी समेत दिनुभएको छ ।

उहाँले कोलम्बियाली नेतृत्वलाई लागूऔषध तस्करीमा संलग्न रहेको आरोप लगाउँदै क्षेत्रीय सुरक्षाको विषय उठाउनुभएको हाे । पेट्रोले धेरै समयसम्म लागूऔषध तस्करी गर्न नपाउने उहाँले बताउनुभयो । कोलम्बिया विरुद्ध अमेरिकी सैन्य कारबाहीको सम्भावनाकाे बारेमा सोधिएको प्रश्नमा ट्रम्पले आफूलाई ठिक लागेको प्रतिक्रिया दिनुभएकाे छ।

राष्ट्रपति पेट्रोले गत शनिबार भेनेजुएलामाथि भएको अमेरिकी आक्रमणको विषयमा छलफल गर्न अमेरिकी राज्यहरूको संगठन र संयुक्त राष्ट्र संघको आकस्मिक बैठकको आह्वान गर्नुभएको थियो । गत महिना पोलिटिकोलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले मेक्सिको र कोलम्बिया लगायत अन्य देशका लक्ष्यहरू विरुद्ध सैन्य कारबाही विस्तार गर्ने विचार गर्ने बताउनुभयाे ।