Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति विश्व समुदायको आक्रोश


3.1k
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन गरेको आह्वानको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको छ।

भेनेजुएलामा वासिङ्टनको सैन्य हस्तक्षेपले खनिजको धनी आर्कटिक क्षेत्र ग्रिनल्याण्डकाे बारेमा चिन्ता उत्पन्न भएपछि अन्तर्राष्ट्रिय समुदायको भनाइ आएका हुन्। एयर फोर्स वानमा संचारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षाको दृष्टिकोणले ग्रिनल्याण्ड चाहिएको बताउनुभयाे।

ग्रीनल्याण्ड टापुमा दुर्लभ खनिजहरू भएकाे र ध्रुवीय हिउँ पग्लने-नयाँ ढुवानी मार्गहरू देखा पर्दा यो एक महत्त्वपूर्ण आकर्षण हुन सक्ने उहाँकाे भनाइ छ। ग्रिनल्याण्ड रुस र अमेरिकाबीच क्षेप्यास्त्र प्रहार गर्न सबैभन्दा छोटो मार्गमा पर्छ र वासिङ्टनले त्यहाँ पहिले नै सैन्य आधार बनाइसकेको छ। ट्रम्पले ग्रीनल्याण्डको बारेमा २० दिनपछि कुरा गर्ने र २ महिनाभित्र ग्रीनल्याण्डको विषयमा हाम्रो चिन्तालाई सम्बोधन गर्न लागिपर्ने बताउनुभयाे।

ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले सामाजिक सञ्जालमार्फत अमेरिकी नेतालाई संकेत गर्दै अब अति नै भएकाे बताउनुभयाे। वार्ताका लागि आफू खुला रहेकाे तर यो उचित च्यानल मार्फत र अन्तर्राष्ट्रिय कानूनको सम्मानका साथ हुनुपर्नेमा उहाँकाे जाेड छ।