Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


इजरायली सेनाकाे आक्रमणमा परी गाजामा ३ जना प्यालेस्टाइनीको मृत्यु


208
Shares

एजेन्सी । इजरायली सेनाकाे आक्रमणमा परी दक्षिणी गाजामा १५ वर्षीय किशोरसहित ३ प्यालेस्टाइनीको मृत्यु भएको छ।

प्यालेस्टाइनी चिकित्सा स्रोतले खान युनिसको दक्षिणमा पर्ने जोरात अल–लुत क्षेत्रमा इजरायली आक्रमणबाट १५ वर्षीय अला अल–दिन असराफको ज्यान गएको जनाएकाे हाे । त्यसैगरी रफाहको उत्तर–पश्चिम क्षेत्रमा इजरायली सेनाको आक्रमणमा फादी सलाहको मृत्यु भएको छ। उनको शवलाई खान युनिसको नासेर अस्पतालमा लगिएको हाे । स्थानीय स्रोत र प्रत्यक्षदर्शीका अनुसार इजरायली सेना फिर्ता भएको क्षेत्रमा इजरायली ड्रोनले प्रहार गर्दा सलाहको मृत्यु भएको हो ।

यसअघि रफाहको तटमा माछा मारिरहेका ३२ वर्षीय मछुवारा अब्दुल रहमान अल–कानको इजरायली नौसेनाले चलाएको गोली टाउकोमा लाग्दा मृत्यु भएको थियो । यसैबीच इजरायलले उत्तरी र पश्चिमी रफाहमा हवाई आक्रमण गर्नुका साथै पूर्वीखान युनिसमा आवासीय भवनहरू ध्वस्त पारेको छ । इजरायल रक्षा बल ९आईडीएफ० ले आफ्ना सैनिकहरू युद्धविराम सम्झौता अनुसारै तैनाथ रहेको र खतरा हटाउन सञ्चालन जारी राख्ने बताएको छ ।

गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार गत अक्टोबर १० तारिखमा युद्धविराम लागू भए यता ४ सय २० जनाको मृत्यु भइसकेको छ। अक्टोबर ७, २०२३ देखि शुरु भएको यस युद्धमा कूल ७१ हजार ३ सय ८६ प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन् ।