काठमाडौं। हेटौंडाकाे भीमफेदी-कुलेखानी सडक खण्डको भीमफेदीमा सुमाे दुर्घटनामा परी ज्यान गुमाएका ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ।
भीमफेदी गाउँपालिका-६ जुरीखेतमा आइतबार साँझ काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो दुर्घटना भएको हो। मकवानपुर प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका-४ का ४० वर्षीया सविता लम्साल, हेटौंडा-२ का २९ वर्षीय निखिल अग्रवाल, भारत विहार पटनाका ४२ वर्षीय रजनीश कुमार र ४९ वर्षीय अरविन्द कुमारको पहिचान खुलेको हो। मृतक २ जना पुरुषको अझैसम्म पहिचान खुलेको छैन। जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरुको शव हेटौंडा अस्पतालमा राखिएको जनाएकाे हाे।
दुर्घटनामा परेर थप ३ जना घाइते भएका छन्। सुमो चालक हेटौंडा-४ का गणेश थापा, मृतक सविताका १२ वर्षीय छोरा अभ्यास लम्साल र रौतहट चन्द्रपुर-२ की रिचा चौधरी घाइते भएका हुन्। घाइतेमध्ये चालक थापा र बालक लम्सारको भरतपुरमा र रिचाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएकाे छ।





प्रतिक्रिया दिनुहोस्