Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


कांग्रेसले महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने


2.3k
Shares

काठमाडौँ ।

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तोकिएको समयमै नियमित महाधिवेशन सुनिश्चित गर्न कार्यतालिका व्यवहारिक बनाउने निर्णय गरेको हो।

शनिबार सानेपास्थित पार्टी कार्यालयमा बसेको बैठकमा सदस्यहरूले समयमै महाधिवेशन हुने गरी नयाँ कार्यतालिका बनाउनुपर्नेमा जोड दिएका थिए। बैठकपछि नेता मीन विश्वकर्माले क्रियाशील सदस्यताको विषय पुस ८ गतेभित्र टुङ्गिन नसके अन्य कार्यक्रम प्रभावित हुने भएकाले कार्यतालिका परिमार्जन गर्न लागिएको बताए।

उनले वडादेखि केन्द्रसम्म नीति र नेतृत्व रूपान्तरण आवश्यक रहेकोमा अधिकांश सदस्यहरू सहमत रहेको जानकारी दिए।