Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान


1.9k
Shares

काठमाडौं । बुधबार सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

आज तोलामा ९ सयले बढेर सुनको मूल्य हालसम्मै उच्च भएको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६८ हजार १ सय रुपैया कायम भएको छ । मंगलबार प्रतितोला २ लाख ६७ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि १६५ रुपैयाँले बढेको छ । आज ४ हजार ४२० रुपैयाँ कायम भएको छ भने हिजो ४ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि हालसम्मकै उच्च भएको हो ।