काठमाडौं ।
युक्रेनको पुर्वी शहर सिभेस्रक रुसी सेनाको नियन्त्रणमा गएको छ ।
आफ्ना सैनिकको जिवन रक्षाको लागि युक्रेनी सेनाहरु पछि हटेपछि डोनेस्टक क्षेत्रको सिभेस्र्क शहर रुसको अधिनमा गएको हो ।
युक्रेनी सेनाले हिजो आफ्ना सैनिकहरूको जीवन र एकाइहरूको लडाई क्षमता जोगाउन त्यहाँबाट पछि हटेको प्रष्ट पारेको छ । सिभेस्र्कको कब्जाले रूसलाई औद्योगिक क्षेत्र डोनेट्स्कमा अझै पनि युक्रेनी हातमा रहेका अन्तिम किल्लाहरु स्लोभियान्स्क र क्रामाटोस्र्कको नजिक ल्याएको छ ।
रूसले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेको थियो । हालसम्म युक्रेनको लगभग २० प्रतिशत भूभाग रुसको नियन्त्रणमा रहेको छ ।





प्रतिक्रिया दिनुहोस्