Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सिंगो देश निर्वाचनमा होमिएको छ : सञ्चारमन्त्री खरेल


0
Shares

काठमाडौं ।
सञ्चारमन्त्री जगदीश खरेलले सिंगो देश निर्वाचनमा होमिएको दाबी गर्नुभएको छ ।

ठूला राजनीतिक दलले निर्वाचनको वातावरण बनाउन नसकेको भन्दै सरकारको आलोचना गरिरहेका बेला सञ्चार मन्त्रीले यस्तो दाबी गर्नुभएको हो ।

आज सिंहदरबारमा आफूले सय दिनमा सम्पादन गरेका कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खरेलले राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर निर्वाचनको वातावरण छाएको जिकीर गर्नुभयो । त्यस अवसरमा मन्त्री खरेलले आफूले सय दिनको अवधिमा उल्लेखनीय कार्य सम्पादन गरेको दाबी पनि गर्नुभयो ।