काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार काठमाडौंमा बृहत एकता सन्देश सभाको आयोजना गर्ने भएको छ।
काठमाडौको भृकुटीमण्डपमा शनिबार आयोजना हुने सोही सभामा ५० हजार मानिस सहभागी हुने पार्टीले दावी गरेको हो। बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको सभामा करिब ५० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको नेकपाले जनाएको छ। पार्टी एकता सन्देश दिनका लागि नेकपाले गत मंसिर १२ गतेदेखि सातै प्रदेशमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै आएको छ ।
शनिबार बिहान साढे ११ बजेदेखि सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकामा जुलुस जम्मा हुने भएका छन् । सबै जना एकीकृत भएपछि शनिबार मध्याह्न सवाँ १२ बजेदेखि जुलुस शुरु हुने पाार्टीले जनाएको हो। जुलुसको नेतृत्व दोस्रो तहका नेताले गर्ने, सुनधारा, नयाँ सडक चेक र शान्ति बाटिकामा मानिस भेला हुने भएका छन् । त्यसपछि बागबजार, पुतली सडक, पद्मदय मोड हुँदैन भृकुटीमण्डमा पुगेर सभामा परिणत हुने नेकपाले जनाएको हो।
शीर्ष नेताहरू जुलुसमा सहभागी नभई सिधै मञ्चमा प्रवेश गर्ने भएका छन् । सभालाई संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र भीम रावल लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभा भृकुटीमण्डपको तीनकुने सडकमा हुने समेत पार्टीले जनाएको हो।
गत कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १२ वटा वामपन्थी घटक मिलेर नेकपा बनाएका थिए।








प्रतिक्रिया दिनुहोस्