Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


जेनजी प्रतिनिधिद्वारा प्रधानमन्त्री कार्कीकाे राजीनामा माग

शहीद परिवारलाई क्षतिपूर्ति दिन नसक्ने भए पद छोडेर तीर्थ यात्रामा जान आग्रह

1.5k
Shares

काठमाडाैं। जेनजी प्रतिनिधि किशोरी कार्कीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्नुभएको छ।

काठमाडाैंमा बिहीबार ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धी र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो। उहाँले जेनजी आन्दोलनकारीका माग सम्बोधन गर्दै शहीद परिवारलाई क्षतिपूर्ति दिन नसक्ने भए पद छोडेर तीर्थ यात्रामा निस्कन प्रधानमन्त्री कार्कीलाई आग्रह समेत गर्नुभयो। उहाँले देशसँग जोस, जाँगर र नेतृत्व क्षमता भएका शिक्षित युवाहरू रहेको उल्लेख गर्दै परिवर्तित समयसापेक्ष चल्न नसक्ने जोसुकैले पनि मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्नुभएकाे छ।

कार्कीले सरकारले सम्झौताको नाममा काठमाडौं केन्द्रित आन्दोलनकारीलाई मात्रै हेरेर गाउँमा रहेका जेनजी युवाहरूलाई उपेक्षा गरेको आरोप समेत लगाउनुभयो। उहाँले जेनजी आन्दोलनलाई भावनात्मक रुपमा लिई साइनो लगाउँदै नबस्न समेत प्रधानमन्त्री कार्कीलाई चेतावनी समेत दिनुभएकाे छ।