Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


ललितपुर-३ बाट धना खतिवडासहित ५ जना उम्मेदवार सिफारिस


1.3k
Shares

काठमाडाैं ।

नेपाली कांग्रेस ललितपुरले क्षेत्र नम्बर ३ बाट प्रत्यक्षमा केन्द्रीय सदस्य धना खतिवडासहित ५ जना उम्मेदवार सिफारिस गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खतिवडासहितका उम्मेदवारहरु सिफारिस गरिएको हो । जसअन्तर्गत केन्द्रीय सदस्य मदनबहादुर अमात्य, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ, क्षेत्रीय सभापति महेश्वर थापा, बागमती प्रदेश सभा सदस्य राजीव पौडेल लगायतका व्यक्तिहरु छन् ।

यी उम्मेदवारहरुमध्ये धना खतिवडा निकै अनुभवी र बलियो दाबेदारका रुपमा अघि छिन् । खतिवडा निकै लामो समयदेखि महिलाहरुका हक, अधिकारका पक्षमा वकालत गर्दै आइरहेकी छन् ।

साथै, उनले ललितपुर क्षेत्र नम्बर ३ मा उनले जनताका समस्या समाधानदेखि विकास निर्माणसम्मका कामहरुलाई अघि बढाएकी छन् । उनले विभिन्न माध्यममार्फत यो क्षेत्रका जनतालाई सबल र सक्षम बनाउन भूमिका निर्वाह गर्दै आइरहेकी छन् ।

समानुपातिकतर्फ
गीता सत्याल (महासमिति सदस्य)
मोदती केसी (महासमिति सदस्य)
निरु खड्का (महिला संघ केन्द्रीय सदस्य)
राजेन्द्रराज पौडेल (महाधिवेशन प्रतिनिधि)
प्रमिला महर्जन
रेणु दुलाल
राष्ट्रिय सभातर्फ
प्रमोद शर्मा (महासमिति सदस्य)
राजेन्द्र बिडारी (कांग्रेस नेता)
वेली डंगोल

Skip This