काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारी आवेदन दिने म्याद थपेको छ।
बिहीबर बसेको सचिवालय बैठकले म्यादलाई आगामी पुस ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले बताउनुभएकाे हाे। उहाँका अनुसार एकीकरण प्रक्रियाबाट जोडिएका सदस्यहरूको आवश्यकता, उच्च संवाद समितिबीच भइरहेको सम्भावित सहकार्य, साथै जेनजी अगुवा र सरकारले गरेको समझदारीलाई मध्यनजर गर्दै म्याद थपिएको हो।
परिस्थितिजन्य आवश्यकताका आधारमा कुनै पनि समयमा उम्मेदवारी आवेदन दिने प्रक्रिया बन्द गर्न सकिने र प्राप्त आवेदनहरूको छनोट प्रक्रिया शुरु गरिने प्रवक्ता झाले बताउनुभयाे।





प्रतिक्रिया दिनुहोस्