Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

चुनाव चिह्न पनि आयाेगले दललाई आजै प्रदान गर्दै

273
Shares

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन दिएका राजनीतिक दलको अन्तिम नामावली शुक्रबार प्रकाशन गर्ने भएकाे छ।

आयोगले शुक्रबार नै राजनीतिक दललाई चुनाव चिह्न समेत प्रदान गर्ने जनाएकाे हाे। समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दलहरूबाट नाम फिर्ता लिन चाहेमा फिर्ताका लागि निवेदन दिने अवधि रहेकोमा कुनै दलबाट नाम फिर्ता लिने निवेदन नआएको आयाेगले बताएकाे छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ कूल ९३ वटा राजनीतिक दलबाट दर्ताका लागि निवेदन परेको छ। परेको निवेदन उपर आयोगले छानबिन गरी चुनावमा भाग लिने दलको अन्तिम नामावली प्रकाशन गर्ने भएकाे हाे।नामावली प्रकाशन भएपछि आयोगले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गर्न २ साताको समय दिनेछ।

सोही बमोजिम दलहरूले उम्मेदवारको बन्दसूची आगामी पुस १३ गते पेश गर्नुपर्ने भएकाे छ। आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रम बमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आगामी माघ ६ गते शुरु हुने भएकाे हाे।