काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवाले र चीनकाे तिब्बततर्फबाट रसुवामा ठूलो बाढी आएको जनाएकाे छ।
प्रशासनले एक सूचना जारी गर्दै भोटेकोशी नदीमा बाढीर पानीको बहाव उच्च रहेको समेत जानकारी गराएकाे हाे। राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भएर बग्ने त्रिशूली नदीलगायत तटीय क्षेत्रका बासिन्दालाई शतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेकाले अर्को सूचना नआउँदासम्म उच्च शतर्कता अपनाउन आग्रह गर्नुभयाे। उहाँले त्रीशूली नदीको तटीय क्षेत्र (मुग्लिन सम्म) उच्च शतर्कतासहित शुरक्षित स्थानमा रहन समेत अनुरोध गर्नुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्