Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो


3.2k
Shares

काठमाडौं ।

सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ ।

मुद्दा सुनुवाइको लागि आज पेसी चढाइएको उच्च अदालत बुटवलले बताएको छ । यसअघि दुई पटक रवि पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएपछि बहस रोकिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।

जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराउनुभएको थियो ।