काठमाडाैं। अधिकारकर्मीहरुले वर्तमान सरकारको आलोचना गरेका छन्।
काठमाडौंमा साेमबार आयोजित एक कार्यक्रममा बोल्दै अधिवक्ता राजुप्रसाद चापागाई र मोहना अन्सारी लगायतका अधिकारकर्मीहरुले वर्तमान सरकारले पनि जेनजी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् । वर्तमान सरकारले जनतालाई विश्वासमा लिने गरी पारदर्शी ढंगले काम गर्न नसकेको अधिवक्ता चापागाईले आरोप लगाउनुभयो। राजनीतिक नियुक्तिमा जथाभावी गरेर सरकारले पुरानै सरकारको चरित्र प्रर्दशन गरेको बताउदै उहाँले आपत्ति समेत जनाउनुभएकाे छ।
मानव अधिकारकर्मी मोहना अन्सारीले जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारले गोली हानि हत्या गर्ने काम गरेको आरोप लगाउँदै दोषीलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो। उहाँले पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने कुरालाई सरकारले ढिलाई गर्न नहुने बताउनुभएकाे छ।
कार्यक्रममा जेनजी अभियन्ताहरुले पनि जेनजी आन्दोलनमा तत्कालीन सरकारले नागरिकको हत्या गरेको जिकिर गर्दै कारबाही गर्न ढिलाई गर्न नहुने बताएका थिए।





प्रतिक्रिया दिनुहोस्