Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


उड्डयनका क्षेत्रमा बढ्दो प्रविधिका बाबजुद मानवकेन्द्रित सेवाको महत्व बढ्दै: मन्त्री सिन्हा


156
Shares

काठमाडाैं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले उड्डयन क्षेत्रमा मानव केन्द्रित सेवाको महत्व बढ्दै गएको बताउनुभएको छ।

काठमाडौंमा आइतबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले यस्ताे बताउनुभएकाे हाे। उड्डयनका क्षेत्रमा बढ्दो प्रविधिका बाबजुद मानवकेन्द्रित सेवाको महत्व बढ्दै गएको उहाँले बताउनुभयाे। उहाँले प्रविधिमा आधारित परिवर्तनलाई अझ सुदृढ बनाउन जरुरी रहेको उल्लेख गर्नुभयाे।

विमान केवल यात्रु बोक्ने साधन मात्र नभई नवप्रवर्तन, प्रविधि, सुरक्षा र मानवकेन्द्रित सेवाको संयोजन भएको उहाँले बताउनुभयो। विश्वभरी उडानलाई सुरक्षित, वातावरणमैत्री-यात्रुअनुकूल बनाउन नयाँ-नयाँ प्रवर्तन भइरहेका बेला एआई र आधुनिक प्रविधि पनि तीब्र गतिमा प्रवेश गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो । यद्यपि प्रविधि बढ्दै गए पनि केबिन क्रूको भूमिकालाई कुनै मेसिनले प्रतिस्थापन गर्न नसक्ने मन्त्री सिन्हाको भनाइ छ।

मन्त्री सिन्हाले प्रभावकारी उड्डयन सेवा प्रवाह गर्न सरोकावालाहरुलाई आग्रह पनि गर्नुभयो।