काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले (बुधबार) विश्वासको मत लिन लाग्नुभएकाे छ ।
आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले आगामी मंसिर २४ गते (बुधबार) विश्वासको मत लिन लागेकाे बताइएकाे छ ।
यही मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएका यादव आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहन्छ । उहाँले आजै सानाे आकारकाे मन्त्रिमण्डल गठन गर्ने तयारी गरेकाे बताइएकाे छ ।





प्रतिक्रिया दिनुहोस्