Logo २० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025


मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल


156
Shares

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार मुलुकमा अब धुमधामका साथ समाजवाद आउने दाबी गर्नुभएको छ ।

जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले मुलुकमा समाजवादको रटान लामो समयदेखि लाग्दै आएपनि नआएकोमा निराश रहेको भन्दै अब निराश नहुन आग्रह गर्नुभयो ।

युवा, महिला, दलित, मुस्लिमसहित वृद्धहरुको अधिकारका लागि बोल्ने आफूहरु नै रहेको दाबी गर्दै उहाँले नेपाली कम्युनिष्ट पार्टीमा सहभागी हुन आह्वान गर्नुभयो । जेन–जीहरु समेत नवगठित नेपाली कम्युनिष्ट पार्टीमाथि विश्वास गरिरहेको नेपालले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जेन–जी पुस्तालाई समेत यही दल आशा तथा भरोसा केन्द्र लागिरहेको छ । शोषित पीडित तथा मिटरव्याज पीडितहरुमा समेत नेपाली कम्युनिष्ट पार्टीप्रति नै आकर्षण रहेको छ ।’

सभामा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ सहितका नेताहरुले मन्तव्य राख्नुभयो ।