काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टीले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको छ ।
अपानिमा फागुन २१ को निर्वाचनको तयारीमा लाग्न, जेनजीको भावना समेट्न सबै नेताकार्यकर्तालाई निर्देशन दिइएको छ ।
अपानिमा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा जेनजी पुस्ताको भावना समेटेर अगाडि जानुको विकल्प नभएको उल्लेख छ । नेपाली कम्युनिस्ट पार्टीले अपानि मार्फत तत्काल आफ्नो कार्यक्षेत्रमा खटिएर निर्वाचनको तयारीमा जुट्न समेत निर्देशन दिएको छ ।
पार्टी गठनको पृष्ठभूमिमा जेनजी आन्दोलनपछिको अवस्था, कम्युनिस्ट पार्टीहरू एक नहुँदा प्राप्त उपलब्धि रक्षा नहुने अवस्था र बढ्दै गइरहेको निराशा चिर्न पार्टी एकता गरिएको उल्लेख गर्दै त्यहीअनुसार नेता–कार्यकर्तालाई जिम्मेवारी वहन गर्न पनि अपानि मार्फत निर्देशन दिएको छ ।
अपानिमा नेकपाले पार्टी एकताका फ्रक्रियाका त्रममा गरिएका सहमति र यसमा सामेल दलहरूका विषयमा उल्लेख गरेको छ ।





प्रतिक्रिया दिनुहोस्