काठमाडाैं ।
नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दवाव दिइरहेको बताउनुभएको छ ।
शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्नका लागि सम्पती शुद्धिकरण विभागमा नेतृत्वनै परिवर्तन गरेको जिकिर समेत गर्नुभयो ।
उहाँले सम्पती सुद्धिकरण विभागमाथि प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्न बारम्बार दबाब दिँदा पनि नमानेपछि त्यहाँका प्रमुखलाई सरुवा गरेर आफू अनुकलको व्यक्ति ल्याएको समेत बताउनुभयो । अध्यक्ष ओलीले सरकारले राजदुत फिर्ता गरेर गर्नै नहुने काम गरेको आरोप समेत लगाउनुभयो ।
उहाँले भन्नुभयो,प्रधानमन्त्रीजी भन्नु हुन्छ–प्रमाण तयार गर्नुन, प्रमाण तयार । मैले थुप्रै ठाउँमा भनेको छु–प्रधानमन्त्रीजीले सम्पत्ति सुद्धिकरण विभागका प्रमुख कि के छ, बोलाएर ३ पटक मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, केही गर्नुस । गिरफ्तार गर्नु पर्यो भन्ने माग गर्नुस भनेर उहाँले अनेक दबाब दिनुभयो ।
त्यहाँका डाईरेक्टरले यस्तो झुटो कामहरु म गर्न सक्दिन , गैरकानूनी काम पनि गर्न सक्दिन, कानुनमा यस्तो छैन । र म एउटा कर्मचारी भएर त्यस्तो गर्न सक्दिन । अव कसैले सक्छ भने त्यस्तो मान्छे ल्याए हुन्छ भनेपछि ती डाईरेक्टरलाई त्यहाँबाट तुरुन्त हटाईयो । अर्को डाईरेक्टर ल्याइयो ।
प्रधानमन्त्री यस्तो हुनुहुन्छ भने यो भन्दा दुखद स्थिति के हुन्छ रु उहाँहरु एक थोक काम गर्नुपर्ने अरुअरु गरिरहनुभएको छ । राजदुत फिर्ता बोलाउनु हुन्छ, अरु अरु काम गर्नुहुन्छ । अध्यादेश जारी गर्नु हुन्छ, जुन सरोकारको विषय होइन ।’ अध्यक्ष ओलीले सरकार अवैधानिक भएको भन्दै यसले अध्यादेश ल्याउने काम गर्न नहुने बताउनु भयो ।





प्रतिक्रिया दिनुहोस्