काठमाडाैं ।
गृहमन्त्री ओमप्रकाश अर्यालले ‘तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुने’ दाबी गर्नुभएको छ ।
धनगढीमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री अर्यालले सरकारले तोकेको फागुन २१ गतेको निर्वाचन ‘पर नसर्ने’ जिकिर गर्नुभएको हो ।
सरकारको मुख्य जिम्मेवारी नै निर्वाचन भएको स्पष्ट पार्दै गृहमन्त्री अर्यालले भयरहित र शान्तिपूर्ण चुनाव तोकिएकै समयमा हुने ठोकुवा गर्नुभयो । अर्यालका अनुसार निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन भइसकेको छ ।
राजनीतिक दललाई निर्बाध रुपमा चुनावी गतिविधि गर्ने वातावरण सरकारले बनाइरहेको छ । वर्तमान सरकार सबैको साझा सरकार भएकाले कसैलाई पनि विभेद नगर्ने उहाँको भनाई छ ।





प्रतिक्रिया दिनुहोस्