Logo १६ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025


मधेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश


260
Shares

काठमाडौं । सर्वोच्च अदालतले मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ ।

नेपालको संविधानको धार १६८ को उपधारा ४ बमोजिम २४ घण्टाभित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन सर्वोच्चले दिएको हो ।

विश्वासको मत प्राप्त गर्न नसके नेपालको संविधानको धारा १६८ (२) बमोजिम अर्को सरकार गठन वा मुख्यमन्त्री नियुक्ति सम्बन्धमा कारबाही गर्न पनि आदेशमा उल्लेख गरिएको छ । गत कात्तिक २४ गते नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता यादवलाई असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो ।

प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा २ को प्रक्रिया नअपनाई उपधारा ३ अन्तर्गत असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरेको उल्लेख गर्दै उक्त नियुक्ति गर्ने निर्णय बदरको माग गर्दै अर्जुन साहले रिट दायर गरेका थिए ।