Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


बढ्यो सुनचाँदीको मूल्य, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?


858
Shares

कठमाडौं ।

नेपाली बजारमा साताकाे पहिलाे दिन आइतबार सुनचाँदीकाे मूल्य बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार २०० ताेकिएकाे छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार ४९० निर्धारण भएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५० हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ३४५ मा कारोबार भएको थियो ।

सुनको मूल्य आकासिएसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज प्रतितोला चाँदी ३ हजार ४९० मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।