Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


पत्रकार र कर्मचारी सामाजिक सुरक्षाको दायरामा


832
Shares

काठमाडाैं। पत्रकार र कर्मचारीहरु अबदेखि सामाजिक सुरक्षाको दायरामा आउने भएका छन्।

सरकारले सिंहदरबारमा बिहीबार एक कार्यक्रमको आयोजना गरी यसकाे बारेमा जानकारी दिएको हो। साेही कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय मातहत रहेका प्रमुख सञ्चार संस्थाहरू गोरखापत्र संस्था, राष्ट्रिय समाचार समिति, सार्वजनिक सेवा प्रशारण अन्तर्गतका रेडियो नेपाल र नेपाल टेलिभिजन, साथै प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई सामाजिक सुरक्षामा जोड्ने काम शुरु भइसकेको बताउनुभयो।

उहाँले अब देशभरका पत्रकार, सञ्चारकर्मी र सरकारी सञ्चार संस्थाका कर्मचारीहरू सामाजिक सुरक्षाको औपचारिक दायरामा प्रवेश गर्ने बताउनुभएकाे छ। आगामी दिनमा सबै सञ्चारकर्मीलाई प्रणालीगत रूपमा सामाजिक सुरक्षामा समावेश गर्ने विस्तृत कार्ययोजना कार्यान्वयन गरिने उहाँले बताउनुभयो। मन्त्री खरेलले पत्रकारको पेशागत सुरक्षासँगै आर्थिक तथा सामाजिक सुरक्षालाई सरकारका प्राथमिक एजेण्डामध्ये एक बनाइएकाले यो कदम महत्वपूर्ण भएको बताउनुभएकाे छ।

मन्त्री खरेलले निजी सञ्चार माध्यमहरुलाई उत्साहित हुँदै सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गर्नुभयो।