Logo ११ मंसिर २०८२, बिहिबार | Thu Nov 27 2025


सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब


143
Shares

काठमाडौं ।

नेपालको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ ।

यो कूल जीडीपीको झन्डै ४५ प्रतिशत हो । आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब र बाह्य ऋण १४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

गएको असारदेखि कात्तिकसम्म सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड रुपैयाँले बढेको छ । गएको असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।

यस्तै असोजसम्म तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ थियो । सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ७५ अर्ब ९६ करोड र बाह्य १४ खर्ब ५३ अर्ब ४५ करोड रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।

गएको चार महिनामा १ खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्ति हुँदा एक खर्ब ५० अर्ब ८८ करोड ऋण भुक्तानी भएको छ  ।