Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


ठमेलबाट १३ जना पक्राउ


4.9k
Shares

काठमाडौं ।
ठमेलमा पर्यटकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरू काभ्रे, बाजुरा, तनहुँ, सिन्धुली, सर्लाही, सुनसरी, दोलखा, रामेछाप, गोरखा, बाँके र दाङ जिल्लाका रहेकाे प्रहरीले जानकारी दिएकाे छ । प्रहरीले उनीहरूलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा चार दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका युवाहरूमा काभ्रेका १९ वर्षीय बादल तामाङ, बाजुराका २२ वर्षीय गणेशनाथ, तनहुँका २४ वर्षीय विशाल थापा मगर, सिन्धुलीका २० वर्षीय गणेश तामाङ, सर्लाहीका १९ वर्षीय सागर मगर, सुनसरीका २२ वर्षीय रमेश क्षेत्री, दोलखाका १९ वर्षीय विशाल नेपाली, रामेछापका २१ वर्षीय मिलन नेपाली, गोरखाका २२ वर्षीय बिवश खनखवास, बाँकेका २३ वर्षीय अभिषेक थापा, काभ्रेपलान्चोकका २२ वर्षीय संजय लामा, दाङ घोराहीकी २० वर्षीय प्रतिमा डाँगी र २१ वर्षीय प्रमिला पुन मगर रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले स्वदेशी तथा विदेशी पर्यटकलाई दुःख दिने तथा लुटपाटमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकालाई प्रहरीले अभद्र व्यवहारको कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

Skip This