काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलवारको तुलनामा बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो ।
मंगलवार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधवार बढेर २ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको छ । महासंघकाअनुसार चाँदीको मूल्य समेत २० रुपैयाँले बढेको छ ।
मंगलवार २ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधवार २ हजार २ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्