Logo १० मंसिर २०८२, बुधबार | Wed Nov 26 2025


गैरहाजिर रहेका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन


117
Shares

काठमाडौं । आफूखुसी कार्यालयमा गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन गरेको छ।

गैरहाजिर बीच प्रहरी सहायक निरीक्षक १ जना, हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र एक कार्यालय सहयोगी रहेका छन्।

दुई जना बाहेक सबै जेनजी आन्दोलनपछि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। नाम, ठेगाना र गैरहाजिर भएको मिति सहित सार्वजनिक सूचना जारी गर्दै प्ररामले तोकिएको म्यादभित्र हाजिर भई सन्तोषजनक स्पष्टीकरण दिन आग्रह गरेको छ। अन्यथा कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।