Logo ९ मंसिर २०८२, मंगलबार | Tue Nov 25 2025


एनपीएलमा सट्टेबाजी गर्ने १० जना पक्राउ


234
Shares

काठमाडाैं ।

नेपाल प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा दुई करोड रुपैयाँ भन्दा बढीको कारोबार भइसकेको पाइएको बताएको छ ।

काठमाडौं प्रहरी परिसरले आज पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले एनपीएल चलिरहेको बेला राजधानीमा सक्रिय अनलाइन बेटिङ समूहहरू विरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अभियान सञ्चालन गरेको र १० जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा डिजिटल वालेटहरूमा करिव दुई करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको प्रमाण फेला परेको भट्टराईले जानकारी दिनुभयो । स्टेक डटकम, बेडबुक डटकम लगायतका वेबसाइट तथा यससँग सम्बन्धित अन्य एप्लिकेसनहरू अनलाइन बेटिङका लागि प्रयोग गरिएकोे पनि उहाँले बताउनु भयो ।

यसैगरी प्रहरीले जेनजी आन्दोलनका क्रममा काठमाडौंबाट लुटिएका मध्ये ८३ थान हतियार बरामद भएको पनि जनाएको छ । लुटिएका मध्य ३१ थान हतियार बरामद भएको र ५२ थान हतियार व्यक्तिले प्रहरीमा बुझाएको जनाएको हो ।

यस्तै भदौ २३ र २४ गते आगजनी भएका सरकारी कार्यालयहरु सहित विभिन्न निकायले १ सय ४ वटा जाहेरी दिएका छन भने व्यक्तिगत रुपमा २२ वटा जाहेरी परेको पनि प्रहरीले जनाएको छ । प्रहरीले काठमाडौं भित्र २ सय ६७ जनालाई पक्राउ गरिएको पनि जनाएको छ ।