Logo ८ मंसिर २०८२, सोमबार | Mon Nov 24 2025


बसपार्क शवकाण्ड : होटलका कुक पक्राउ


5.7k
Shares

काठमाडौं ।

काठमाडौंको बसपार्कमा तन्नामा पोको पारिएको अवस्थामा मृत फेला परेकी युवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हत्यामा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको हाे ।

शनिबार बिहान सडिसकेको अवस्थामा बेवारिसे शव फेला परेको थियो । शवको अवस्थाका कारण सुरुमा मृतकको पहिचान गर्न प्रहरीलाई निकै सकस परेको थियो । तर, प्रहरीको सुक्ष्म अनुसन्धानपछि मृतक र हत्या आरोपी दुवैको पहिचान खुलेको हो ।

प्रहरी स्रोतका अनुसार मृतक रुकुम घर भएकी अन्दाजी २० वर्षीया ‘माया’ भनिने आयुषा मगर हुन् । उनको हत्या अभियोगमा प्रहरीले अन्दाजी २५ वर्षीय सूर्य थापा मगरलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सूर्य बसपार्क क्षेत्रकै एक होटलमा ‘कुक’ को रूपमा कार्यरत रहेको खुलेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक र आरोपीबीच पूर्व चिनजान रहेको पाइएको छ । प्रहरीका अनुसार यो हत्याका पछाडि लागुऔषधको विषय जोडिएको छ । लागुऔषध लेनदेन वा सेवनको विषयमा विवाद हुँदा यो जघन्य अपराध भएको हुनसक्ने प्रहरीको निष्कर्ष छ ।

घटनाको विस्तृत विवरण र अनुसन्धानका अन्य तथ्यहरू सार्वजनिक गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।