Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


ह्वात्तै बढ्याे अण्डाको मूल्य, प्रतिक्यारेट कति पुग्याे ?


4.6k
Shares

कठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि अण्डाको मूल्य ह्वात्तै बढाएकाे छ ।

किसानको फार्मगेट मूल्यका आधारमा जारी भएको नयाँ मूल्यसूचीअनुसार एक्सएल आकारको प्रतिक्रेट (३० वटा) अण्डा ५२० रुपैयाँ, ठूलो अण्डा ५०५ रुपैयाँ र मिडियम अण्डा ४९० रुपैयाँ कायम गरिएको छ। यो मूल्य यसअघिको तुलनामा प्रतिक्रेट ५५ रुपैयाँले बढी हो।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार भारतमा निर्वाचनका कारण सिमानामा कडाइ भएपछि त्यहाँको अण्डा राम्रो मूल्यमा बिक्री हुँदै आएको छ।

जसका कारण अवैध रूपमा नेपाल अण्डा भित्रन नदिँदा नेपाली किसानले लागत मूल्य पाउन थालेका हुन्। संघका सल्लाहाकार त्रिलोचन कँडेलका अनुसार भारतमा प्रतिगोटा अण्डा ७।८० भारतीय रुपैयाँ पर्खालेपछि तस्करी घटेको हो।

नेपालमा प्रतिगोटा अण्डाको लागत १६ रुपैयाँ ५७ पैसा पर्ने हुँदा अहिलेको मूल्यले किसानलाई फाइदा हुने संघको भनाइ छ। जाडो मौसममा खपत बढ्ने भएकाले माग पनि उच्च रहेको संघले जनाएको छ। हाल नेपालमा दैनिक ४० लाख हाराहारी अण्डा उत्पादन हुने अनुमान छ।