Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


117
Shares

काठमाडौं ।

झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भद्रपुरबाट इँटाभट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकल सडक किनारमा रोकिराखेको ट्याक्टरमा ठोक्किएकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक स्थानीय ३८ वर्षीय विनोद राउतको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।

मोटरसाइकलको पछाडि सवार २१ वर्षीय निश्चल भुजेल घाइते भएका छन् र उनको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।