Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


लोकतान्त्रिक मोर्चाको बैठक आज बस्दै


143
Shares

काठमाडौँ ।

शनिबार सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालको कार्यालयमा दिउँसो मोर्चाको मूल समितिको बैठक बस्ने राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले जानकारी दिए।

बैठकको अध्यक्षता लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले गर्नेछन्। बैठकमा आगामी निर्वाचनका तयारी तथा रणनीति, मोर्चाको सङ्गठनात्मक विस्तार, मधेस प्रदेश सरकारका विषयहरू र अन्य समसामयिक मुद्दामाथि छलफल हुने बताइएको छ।

Skip This