Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


बारामा जेनजी अगुवा र स्थानीय प्रशासनबीचकाे वार्ता जारी


650
Shares

काठमाडाैं। बारामा जेनजी’ अगुवा र स्थानीय प्रशासनबीचकाे वार्ता जारीरहेकाे छ।

सशस्त्र प्रहरी रुद्रवाहिनी पथलैयामा हाल वार्ता जारी रहेकाे हाे। वार्तामा जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको प्रशासनले जनाएकाे छ। साथै साेही वार्तामा जेनजीका अगुवा सुदन गुरुङ पनि सहभागी भएकाे जनाइएकाे छ।

बाराको सिमरामा बुधबार जेनजी युवा र नेकपा एमालेका नेता तथा कार्यकर्ताबीच विवाद भएपछि असामान्य अवस्था बनेको थियो। त्यसपछि स्थानीय प्रशासनले २ दिनसम्म कर्फ्यू लगाउनुपरेको थियो। प्रदर्शन पक्षधरले आफूहरूलाई एमालेका नेता तथा कार्यकर्ताले कुटपिट गरेको भन्दै संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका थिए।