Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


नेप्सेमा २.६४ अंकको वृद्धि, कारोबार साढे ३ अर्ब नजिक


0
Shares

काठमाडौं । तिहार बिदाअघिको अन्तिम कारोबार दिन शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । दिनभर उतारचढाव देखिएको बजार परिसूचक नेप्से २.६४ अंकले वृद्धि हुँदै २६५५.२२ विन्दुमा पुगेको हो ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये १२ वटाको परिसूचक बढेको छ भने अन्य उपसमूह ०.८८ प्रतिशतले घटेको छ ।

शुक्रबार १५८ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा १०७ कम्पनीको मूल्य घटेको छ । क्रेष्ट लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै १४ प्रतिशतले बढेको छ । यता घोराही सिमेन्टको शेयर मूल्यमा सबैभन्दा बढी ६.४ प्रतिशतको गिरावट आएको छ ।

दिनभर ३३६ कम्पनीका १ करोड ७ लाख १३ हजार कित्ता शेयर किनबेच भएका छन् । कुल ३ अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

कारोबार रकमका आधारमा घोराही सिमेन्ट शीर्ष स्थानमा रहेको छ । कम्पनीको २१ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

Skip This