काठमाडौं । नेपालीमा लेख्ने, पढ्ने र रूपान्तरण गर्नेहरूका निम्ति नयाँ वेब प्लेटफर्म सञ्चारगृह डटकम सार्वजनिक गरिएको छ ।
यो प्लेटफर्ममार्फत प्रयोगकर्ताले सहजै प्रीति टु युनिकोड, युनिकोड टु प्रीतिमा रूपान्तरण गर्न सक्नेछन् । रोमनाइज्ड नेपालीमा लेख्ने र परिणत गर्ने सुविधा समेत उपलब्ध छ ।
विकासकर्ताका अनुसार, यो प्लेटफर्मलाई अरू कनभर्टरभन्दा फरक बनाउन युजर एक्सपिरियन्स र युजर इन्टरफेसमा विशेष ध्यान दिइएको छ । यो फन्ट कन्भर्टरलाइ कुनै पनि वेबसाइटमा निःशुल्क प्रयोग गर्न सकिने जनाइएको छ ।
विशेष गरी पत्रकार, सम्पादक, अनुवादक र प्रकाशन गृहका निम्ति यो प्लेटफर्म उपयोगी हुने सञ्चारगृहका प्रमुख शम्भु ढुंगानाले बताए । समाचार सम्पादन, पुस्तक प्रकाशन वा अनुसन्धान कार्यमा प्रीति–युनिकोड रूपान्तरण गर्ने आवश्यकताले धेरै समय खर्च हुने गरेकामा सञ्चारगृह डटकमले सजिलो समाधान दिने विकासकर्ताको दाबी छ ।
प्लेटफर्मलाई मोबाइलमैत्री बनाइएको छ । विकास टोलीले निकट भविष्यमा स्पेल चेकर, व्याकरण सजेसन, प्रत्यक्ष नेपाली टाइपिङ टुल र बहुभाषिक कन्भर्टर यसमा थप्ने योजना बनाएको छ ।





प्रतिक्रिया दिनुहोस्