Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


आगामी निर्वाचनमा भाग लिने राजनीतिक दलको संख्या ३३ पुग्यो


884
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दर्ता हुने दलको संख्या ३३ पुगेको जनाएकाे छ।

आयोगका अनुसार बुधबारसम्म २५ वटा दल दर्ता भएकोमा बिहीबार थप ८ दल दर्ता भएका हुन्। बिहीबार दर्ता हुने दलमा निरबहादुर श्रेष्ठ नेतृत्वको जनप्रजातान्त्रिक पार्टी नेपाल, प्रितम मुखिया नेतृत्वको विकासशील जनता पार्टी, शुक्रबहादुर गुरुङ नेतृत्वको राष्ट्रिय नागरिक पार्टी र अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी रहेका छन् ।

त्यस्तै, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा एउटा खुट्टा गुमाएका घाइते राजेश पोर्तेलले नेतृत्व गरेको राष्ट्रिय परिवर्तन पार्टी पनि आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि बिहीबार दर्ता भएको छ। २१ सदस्यीय उक्त दलको केन्द्रीय समितिमा ४ जना बाहेक सबै जेनजी समूहका रहेका छन् ।

केही दिनअघि मात्रै उक्त दल निर्वाचनमा आयोगमा पहिलो पटक दर्ता भएको आयाेगले जनाएकाे हाे।