Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


आज विश्व बाल दिवस मनाइँदै


52
Shares

काठमाडौं ।
आज विश्व बाल दिवस मनाइँदैछ ।

बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्व बाल दिवस बनाउन लागिएको हो ।

संयुक्त राष्ट्रसंघको आह्वानमासन् सन् १९८९, नोभेम्बर २० तारिखको दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

राष्ट्रसंघीय बाल कोष (युनिसेफ)को अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ । यस अवसरमा युनिसेफले विश्वभरका बालबालिकाका आवाज सुन्न र उनीहरूको अधिकारलाई सशक्त रूपमा प्रवद्र्धन गर्न सबैलाई आह्वान गरेको छ ।

युनिसेफले बालबालिकाका जन्मसिद्ध अधिकारको रक्षा, शिक्षामा पहुँच, समानतालगायत हक सुनिश्चित गर्न सरकार, अभिभावक र समाजको ध्यानाकर्षण गराएको छ ।