Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


च्यासलमा एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा


650
Shares

काठमाडौं ।

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेगरी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउनुभएको हो ।

बैठकमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुने जनाईएको छ । सचिवालय बैठकमा यही मङ्सिर ६ गते काठमाडौँमा गर्ने प्रदर्शनका बारेमा समेत छलफल हुने बुझिएको छ ।

नेकपा एमालेले प्रतिनिधि सभा पुनस्र्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने बताउँदै आएको छ । एमालेले फागुन २१ लाई तोकिएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मङ्सिर १० गतेसम्म तोकेको समयमा दल दर्ता गर्छ कि गर्दैन भन्ने चासो रहेको छ ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुदैछ । महाधिवेशनका लागि एमालेले मङ्सिर १३ गते एकै दिन प्रतिनिधि छनोट गर्दै छ ।