Logo ३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025


ताप्लेजुङमा आगलागी हुँदा चार घर जलेर नष्ट


78
Shares

ताप्लेजुङ ।

मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा चार घर जलेका छन् ।

गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् ।

चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेका छन् । पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएका उनले बताए । जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण सङ्कलन थालिएको जनाएको छ।