काठमाडौं ।
मधेश प्रदेशका उपसभामुख बविता राउतले आज प्रदेशसभाको वैठक डाक्नुभएको छ ।
सभामुख रामचन्द्र मण्डल विरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको बैठक डाकिएको हो ।
प्रदेश सचिवालय सचिवालयले सामाजिक सञ्जालको ग्रुपमार्फत सांसदहरुलाई दिउँसो १ बजे वैठक बस्ने जानकारी पठाएको हो । प्रदेशसभाका ६४ जना सांसदहरुले गत कात्तिक २७ गते सभामुख मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको भन्दै महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
एमाले बाहेकका सात दलका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछि प्रदेशसभा बस्न सकेको छैन । महाअभियोग प्रस्तावमा एक साताभित्र सदनमा छलफल गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
सात दलीय गठबन्धनका ३२ जना सांसदले प्रदेशसभाको बैठक बोलाउन उपसभामुख राउतलाई ज्ञापनपत्र बुझाएलगत्तै उपसभामुखले वैठक डाक्नुभएको हो ।
एमालेबाट प्रदेशसभाको सभामुख बनेका मण्डल विरुद्ध महाअभियोग पारित गर्न अन्य दलहरुसंग पर्याप्त बहुमत पुग्ने अवस्था छ ।




प्रतिक्रिया दिनुहोस्