Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, केही आन्तरिक उडान रद्द


52
Shares

काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंसहित देशका विभिन्न स्थानमा आन्तरिक हवाई सेवा प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार केही विमानस्थलमा कमजोर भिजिबिलिटीका कारण उडान तथा अवतरणमा समस्या देखिएको हो।

मौसम खराब भएपछि तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलबाट हुने उडान प्रभावित भएका छन्। तुम्लिङटारका लागि बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ भने भरतपुरतर्फका बुद्ध एयरका तीनवटा उडान रद्द भइसकेका छन्।

यस्तै, पोखरा विमानस्थलमा मौसम अनुकूल हुने प्रतीक्षामा केही उडान ढिला भएका छन्। अन्य गन्तव्यतर्फ भने आन्तरिक उडानहरू सामान्य रूपमा सञ्चालन भइरहेका छन्।

अन्तर्राष्ट्रिय उडानतर्फ भने हालसम्म कुनै उल्लेखनीय समस्या नरहेको विमानस्थल कार्यालयले जनाएको छ।

Skip This