ललितपुर । ललितपुर महानगरपालिका–१४ का युवा, विद्यार्थी, व्यवसायी तथा समाजसेवी श्रीहंश महत स्थानीय समस्याको समाधानका लागि पहल गर्दै आएका छन्। नेपाल विद्यार्थी संघ, ललितपुर महानगरपालिकाका अध्यक्षसमेत रहेका महतले सम्बन्धित निकायसँग समन्वय गरी स्थानीय पूर्वाधार तथा सडक सुरक्षासँग जोडिएका विषयमा ध्यानाकर्षण गराउँदै आएका हुन्।
महतको पहलमा ललितपुर महानगरपालिका–१४ र वडा नम्बर ५ जोड्ने स्थानमा पैदलयात्रीको सुरक्षाका लागि जेब्रा क्रसिङ निर्माण गरिएको छ। यस्तै, वडा नम्बर १४ र १५ जोड्ने स्थानमा जेब्रा क्रसिङसँगै स्पिड लाइट जडान गरिएको जनाइएको छ।
वर्षायाममा ग्वार्को ओभरहेड पुलमुनि पानी जम्ने समस्या समाधानका लागि पनि पहल गरिएको छ। पानी निकासको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको महतको भनाइ छ।
यसैगरी, एकान्तकुनादेखि ग्वार्को पुलसम्म सडक बत्ती जडान तथा मर्मतका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। रातको समयमा सडक अँध्यारो हुँदा पैदलयात्री तथा सवारीसाधनको आवतजावतमा समस्या हुने भन्दै सडक बत्तीको व्यवस्था गर्न माग गरिएको हो।
महालक्ष्मीस्थान चोक र चापागाउँ दोबाटोमा जडान भएर पनि नियमित सञ्चालनमा नरहेका ट्राफिक लाइट सुचारु गर्न पनि ट्राफिक प्रहरी तथा महानगरपालिकाको ध्यानाकर्षण गराइएको महतले बताएका छन्।
महतले स्थानीय तहमा राजनीति भाषण र गतिविधिमा मात्र सीमित नभई नागरिकका दैनिक समस्या समाधानसँग जोडिनुपर्ने बताएका छन्। उनले आफूहरू स्थानीयवासीका समस्या सम्बन्धित निकायसम्म पुर्याउँदै समाधानका लागि समन्वय गर्ने कार्यमा सक्रिय रहेको बताएका छन्।
स्थानीयवासीले समेत सडक सुरक्षा, सडक बत्ती तथा पानी निकासजस्ता दैनिक जीवनसँग सम्बन्धित विषयमा पहल हुनु सकारात्मक भएको बताएका छन्।










प्रतिक्रिया दिनुहोस्